ad ad

समाज


तीनकुने र नख्खुटोलबाट संकलित स्वावमा देखिएन कोरोना संक्रमण

तीनकुने र नख्खुटोलबाट संकलित स्वावमा देखिएन कोरोना संक्रमण

नेपालखबर
असार २२, २०७७ सोमबार ११:११,

स्वास्थ्य तथा जनसंख्याले उपत्यकाको तीनकुने र नख्खुटोलमा २ सय २८ जनाको स्वाव परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नभेटिएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित बिफ्रिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ कि छैन? भनि गरिएको परिक्षणमा कसैमा संक्रमण नभेटिएको जनाएको हो।

‘तीनकुने र नख्खुटोलका २२८ जनाको स्वाव परिक्षण गर्दा सबैको नेगेटिभ आएको छ,’ उनले भने, ‘त्यसबाहेक अन्य ८ स्थानको स्वाव संकलन गरि परीक्षण भएको छ। रिपोर्ट आउनेक्रम जारी छ।’

उपत्यकामा ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएपछि मन्त्रालयले विभिन्न १० स्थानबाट झण्डै १२ सयको नमूना संकलन गरि परीक्षण गर्ने जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .