ad ad

समाज


भारतबाट फर्किएका थप १ जनाको कोरोनाका कारण मृत्यु, मृतक संख्या ३५ पुग्यो

भारतबाट फर्किएका थप १ जनाको कोरोनाका कारण मृत्यु, मृतक संख्या ३५ पुग्यो

नेपालखबर
असार २२, २०७७ सोमबार ११:४,

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङ निशिखोला गाउँपालिका ३ स्थायी ठेगाना भएका २९ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

उनको यही असार २१ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।

उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका उनको मृत्यु भएको गौतमले जानकारी दिए। योसँगै जम्मा मृत्यु हुने संख्या ३५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .