कोरोना संक्रमणका कारण काठमाडौँका एक वृद्धको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्धा रहेको छन्।
उनमा उच्च रक्तचाप र पार्किन्सन्सको समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए।
उनी बुधबार छाती दुखेको र पिसाब कम भएको समस्या लिएर काठमाडौँकै एक निजी अस्पततालमा उपचारका लागि पुगेका थिए। उनको अस्पतालको आईसीयूमा उपचारकै क्रममा मृत्यू भएको थियो।
उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

प्रतिक्रिया