समाज


पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरुको प्रदर्शन

पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरुको प्रदर्शन

नेपालखबर
असार १९, २०७७ शुक्रबार १०:५१,

पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ।

श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो। लक डाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो।

पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहीन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएकाले महासंघले प्रदर्शन गरेको जनाएको छ। पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए। श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए। अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागु नभएका मिडिया हाउसमा केन्द्रित हुने उनले बताए।

‘अरुको आवाज हामीले सुन्यौँ। हाम्रो आवाज कसले सुन्ने?’, ‘सञ्चारगृहले कमाएको अर्बौं मुनाफा खोई?, ‘मेरा सम्पादकको मुटु छ मर्म छैन।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागि भएका थिए।

लक डाउनको अवधिमा समस्या देखाएर पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबि विदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad