समाज


बैंकिङ कसुरका दुई अभियुक्त काठमाडौंबाट पक्राउ

बैंकिङ कसुरका दुई अभियुक्त काठमाडौंबाट पक्राउ

नेपालखबर
असार १९, २०७७ शुक्रबार ३:४९,

बैंकिङ कसुर मुद्दाका दुई फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी-७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी छन्। रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो।

सोही मुद्दामा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो। अदालतको आदेशपछि दुवै जना फरार हुँदै आएका थिए।

बुढाथोकीको खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो। पक्राउ परेका दुवैलाई कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad