समाज


भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी

भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी

नेपालखबर
असार १९, २०७७ शुक्रबार ४:०,

गए राति चितवनको शुक्रनगरमा एक युवकको शव फेला परेको छ।

भरतपुर महानगरपालिका-२५ शुक्रनगरस्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा भेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले अस्पताल पुर्याएलगत्तै डाक्टरले खनाललाई मृत घोषणा गरेका थिए। उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ।

खनालको मृत्यु संकास्पद देखिएकाले थप अनुसन्धान सुरु गरिएको जिल्ला कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad