नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी विजय शाही भनिने ऐनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको अभियोगमा सोमबार भक्तपुर क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
शाहीको स्थायी घर कालिकोट हो। पक्राउपछि शाहीलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको छ। ‘बम विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो,’ डिएसपी गिरीले नेपालखबरसँग भने, ‘मंगलबार जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप भएको छ। हामी थप अनुसन्धान गर्दै छौँ।’
गएको २८ फागुनमा भक्तपुरको मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ। विष्फोट आफ्नो पार्टीले गरेको दाबी विप्लव समूहले गरेको थियो।

प्रतिक्रिया