राजनीति


प्रधानमन्त्री परामर्श गरिरहेका बेला गगन थापाको कटाक्षः बालुवाटारमा तमासा छ!

प्रधानमन्त्री परामर्श गरिरहेका बेला गगन थापाको कटाक्षः बालुवाटारमा तमासा छ!

नेपालखबर
असार १७, २०७७ बुधबार ४:२३,

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफूनिकट मन्त्री तथा सांसदसँग परामर्श गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले तीखो टिप्पणी गरेका छन्।

याे पनि: पद धरापमा परेपछि प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै सांसदसमेत रहेका थापाले सत्तारूढ दलले धेरै तमासा देखाइरहेको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘सरकार चलाउनेहरू जोगिन र आफ्ना जोगाउन व्यस्त बनेको आरोप लगाएका हुन्। तर न त सलह कीराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले! बरु यिनको त गति र प्रभाव बढ्दो छ।’

थापाले अगाडि लेखेका छन्, ‘‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad