समाज


लकडाउनको सय दिन पूरा, संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

लकडाउनको सय दिन पूरा, संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

नेपालखबर
असार १७, २०७७ बुधबार ३:२९,

सरकारले कोरोना भाइरस संक्रममण नित्रन्त्रणका लागि लकडाउन घोषणा गरेको आज (बुधबार) एक सय दिन पूरा भएको छ।

काठमाडौंकी एक युवतीमा संक्रमण देखिएपछि गएको ११ चैतमा सरकारले देशभर लकडाउन घोषणा गरेको थियो। असार १ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाइएको छ। तर, सार्वजनिक सवारी आवागमन अहिले पनि बन्द छ। स्कुल कलेज बन्द छन्, भेला र भिडभाडलाई निषेध गरिएको छ।

लकडाउनको अहिलेकै मोडालिटीलाई ७ साउनसम्म कायम राख्ने निर्णय सरकारले गरेकाे छ।

लकडाउन सय दिन पूरा हुँदा मुलुकमा कोरोना संक्रमितको संख्या साढे १३ हजार नाघेको छ। मंगलबार साँझसम्मको सरकारी तथ्यांक अनुसार देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ। संक्रमित २९ जनाको मृत्यु भइसकेको छ।

यसबीचमा तीन हजार एक सय ९४ उपचारपछि निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर दश हजार तीन सय ४१ जना संक्रमित उपचारको क्रममा छन्।

देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशका ७७ वटै जिल्लामा कोरोना फैलिएको छ।

पछिल्लो समय देशभर संक्रमण बढ्दै गए पनि नागरिकमा कोरोनाप्रतिको डरमा भने कमी आउन थालेको छ। शहर बजारमा भिडभाड बढ्न थालेको छ। सबै खाले पसल खुला भएका छन्।

काठमाडौं उपत्यकामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad