समाज


काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण

नेपालखबर
असार १६, २०७७ मंगलबार १०:४९,

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ जना, भक्तपुर र ललितपुरमा १–१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका राष्ट्रिय जनस्वास्थ्य प्रयोग टेकुमा काठमाडौं २ पुरुष तथा भक्तपुरका एक महिलामा संक्रमण पुष्टि भएको छ।

यस्तै पाटन अस्पतालको प्रयोगशालामामा काठमाडौं १ महिला १ पुरुष तथा त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

पालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

नेपालमा भने पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ।

आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad