कोरोना संक्रमित फेरि देखिन थालेपछि लकडाउन लागू गरिएको बताइएको छ। यस लकडाउनले ४ लाख मानिस प्रभावित बन्ने बताइएको छ।
चीनमा हाल कोरोना नियन्त्रणको अवस्थामा रहेको छ। तर कोरोनाको दोस्रो लहर देखा पर्ने विज्ञहरुको चेतावनीबीच हाल चीनमा कोरोना संक्रमित फेरि देखिन थालेका छन्।
हेबेई अगाडि बेइजिङका कयौं क्षेत्रहरुमा पनि पुनः लकडाउन लागू गरिएको थियो। केही समय अगाडि बेइजिङको तरकारी बजारमा बस्ने मानिसहरुमा कोरोना देखिएपछि सरकारले त्यहाँ आवश्यक सावधानी अपनाएको छ। एजेन्सी
प्रतिक्रिया