समाज


सुदूरपश्चिमले एक किलो सलह ल्याए २५ रुपैयाँ दिने

सुदूरपश्चिमले एक किलो सलह ल्याए २५ रुपैयाँ दिने

नेपालखबर
असार १४, २०७७ आइतबार ११:४२,

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबार एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो।

धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन मन्त्रालयले उक्त निर्णय सार्वजनिक गरेको थियो।

मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले सलह किरालाई नियन्त्रण गर्ने विभिन्न उपायमध्ये एक किलो सलह ल्याउनेलाई उक्त रकम प्रोत्साहन दिने निर्णय गरिएको बताए। 

यसअघि प्रदेश ५ सरकारले एक किलो सलह मारेर ल्याउनेलाई २० रुपैयाँ दिने निर्णय गरेको थियो। 

फट्याङ्ग्राजस्तो देखियो सलह किरा ठूलो झुन्डमा हुने र यसले ठूलो संख्यामा बालीनालीमा नोक्सानी पुर्याउने गर्छ। 

नेपालमा शनिबार विभिन्न जिल्लामा भारत हुँदै सलह किरा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad