ad ad

समाज


रिपोर्ट नआउँदै आइसोलेसनबाट घर पठाइएका थिए कञ्चनपुरका १३ संक्रमित

रिपोर्ट नआउँदै आइसोलेसनबाट घर पठाइएका थिए कञ्चनपुरका १३ संक्रमित

गोकुल जोशी
असार १२, २०७७ शुक्रबार ११:२१,

कञ्चनपुरको महाकाली नगरपालिकास्थित दोधारा–चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको छ।

शुक्रबार दोधारा–चाँदनीका १३ जनामा संक्रमण पुष्टि भएको थियो। १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि स्वाब संकलन गरेर घर पठाइएको महाकाली नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जय बहादुर महराले बताए। उनीहरुमा शुक्रबार संक्रमण पुष्टि भएको हो।

‘पीसीआर रिपोर्ट आउन ढिलाई भयो, १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि कोही हिजो कोही अस्ती घर गइसकेका थिए, आज रिपोर्ट आयो।’ कोभिड–१९ फोकल पर्सन महराले भने, ‘संक्रमितमा कुनै किसिमको लक्षण देखिएको छैन। अब संक्रमण अर्को व्यक्तिमा सार्न सक्दैनन्। त्यसैले उहाँहरुलाई होम आइसोलेसनमा राख्छौँ।’

संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो।

महाकाली नगरपालिका–६, ७, ९ र १० का २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो। नगरपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका उनीहरुलाई आरडीटी पोजेटिभ पछि विद्यालयको आइसोलेसनमा राखिएको थियो। झण्डै १८ दिन पछि उनीहरुको कोरोना परीक्षण रिपोर्ट आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .