ad ad

राजनीति


नेकपा स्थायी समिति बैठक : अध्यक्ष ओली अनुपस्थित भएपछि नेताहरुको बोल्ने कार्यसूची परिवर्तन

नेकपा स्थायी समिति बैठक : अध्यक्ष ओली अनुपस्थित भएपछि नेताहरुको बोल्ने कार्यसूची परिवर्तन

नेपालखबर
असार १२, २०७७ शुक्रबार ११:२१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको आजको बैठकमा नेताहरुको बोल्ने कार्यसूची परिवर्तन गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकको दोस्रो दिन आज वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल सहित सचिवालयका सदस्यहरु बोल्ने तय भएको थियो।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि नेताहरुको बेल्ने कार्यसूची परिवर्तन गरी स्थायी समिति सदस्यहरुलाई बोल्न दिइएको थियो।

बैठकको सुरुमै नेपाल भारत सीमाका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेका थिए।

मन्त्री ज्ञवालीको भनाइईमाथि अन्य नेताहरुले बोलेका थिए। नेताहरुलाई सीमाका विषयमा बोल्नको लागि १० मिनेट समय दिइएको थियो। 

आजको बैठकमा १८ नेताले बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .