ad ad

समाज


पछिल्लो २४ घण्टामा ५९३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

पछिल्लो २४ घण्टामा ५९३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

नेपालखबर
असार १२, २०७७ शुक्रबार १०:४०,

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो।

जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।

त्यस्तै   पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

जसमा ८ महिला र ४० पुरुष रहेका छन्।

योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ६९८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .