तेहरान प्रहरीका प्रमुख ब्रिग–जेन हुसेन रहिमीका अनुसार ती व्यक्तिहरुले इन्स्टाग्राममा शिशुहरुको तस्बिर राखेर मोल तोकेका थिए।
एक शिशु २० दिन अगाडि जन्मिएको र अर्का २ महिनाको भएको बताइएको छ। उनीहरुले पनि ती दुई शिशु ५ सय अमेरिकी डलरमा किनेका थिए।
त्यसपछि उनीहरुले शिशुहरु २ हजारदेखि २५ सय अमेरिकी डलरमा बेच्न खोजेका थिए।
पक्राउ परेपछि ती मानिसहरुले शिशुहरु गरिब परिवारको भएको र उनीहरुलाई राम्रो परिवारमा पुर्याउन खोजेको प्रतिक्रिया जनाएको बताइएको छ।
शिशु बेचबिखन ठूलो अपराध भएको भन्दै त्यहाँको सरकारले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ। यस्ता गतिविधिमा संलग्न मानिसलाई कडा कारवाही हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया