कारोबार


अन्ततः टुंगिँदै ओलम्पसको ८४ वर्षे क्यामरा व्यवसाय यात्रा

अन्ततः टुंगिँदै ओलम्पसको ८४ वर्षे क्यामरा व्यवसाय यात्रा

नेपालखबर
असार ११, २०७७ बिहिबार ७:५२,

कुनै बेला विश्वकै ठूलो क्यामरा ब्रान्ड थियो ओलम्पस। तर क्यामरा व्यवसायको ८४ वर्षे लामो यात्रा अब टुंगिने भएको छ।

कम्पनीले व्यवसाय घाटामा जानथालेको भन्दै व्यवसाय नै बन्द गर्नलागेको हो। कम्पनीले लामा यात्रा टुंग्याउने निर्णयमा पुग्नुको कारण हो- विश्वव्यापी फस्टाएको स्मार्टफोन बजार।

स्मार्टफोनको आगमनले क्यामरालाई विस्थापन गर्ने अवस्था आएको कम्पनीको भनाइ छ। विगत ३ वर्षयता कम्पनीले नाफा देख्न पाएको छैन।

ओलम्पस जापानी कम्पनी हो। वर्षौँसम्म माइक्रोस्कोप उत्पादन गरेको उसले सन् १९३६ मा पहिलो क्यामरा बनाएको थियो। ‘द सेमि–ओलम्पस १’ मा एउटा बाजाजस्तै तलपट्टि क्यामरा थियो भने जापानमा एक महिनाको तलबभन्दा धेरै मूल्य तिर्नुपर्थ्यो।

कम्पनीले निरन्तर रुपमा दशकौँसम्म क्यामराको व्यवसाय गर्यो। बजार हिस्साको दृष्टिले कम्पनी ठूलामध्येको एक थियो।

‘ओलम्पसलाई विगत फर्केर हेर्ने हो भने धेरै माया पाएको छ’, अमेट्युर फोटोग्राफर म्यागजिनक सम्पादक नाइजेल अथर्टन भन्छन्।

सन् १९७० मा कम्पनीको चर्चा शिखरमा पुगेको थियो। सेलिब्रिटी फोटोग्राफरहरु डेभिड बेली, लोर्ड लिचफिल्ड पनि टेलिभिजनमा ओलम्पसको क्यामरा लिएर विज्ञापन गर्थे।

olympus camera 2
सन् १९७० ताका कम्पनीको ३५ एमएम क्यामरा । तस्बिर : GETTY IMAGE

‘ती क्यामरा साँच्चै क्रान्तिकारी थिए, साना थिए, हलुका थिए तर डिजाइन सुन्दर थियो, लेन्स क्वालिटी पनि उच्च थियो’, अथर्टन सम्झिन्छन्।

अटोफोकसजस्ता नयाँ प्रविधि नहुनुका बाबजुद कम्पनीले पनि राम्रो सम्मान पाएको थियो। कम्पनीले पछि डिजिटल क्यामरा पनि ल्याएको थियो।

यी क्यामरा सौखीन फोटोग्राफरका लागि भन्दा पनि सामान्य फोटो खिच्नेभन्दा पनि केही राम्रो चाहनेका लागि लक्षित थिए। यो बजारले डीएसएलआर क्यामरा भने चाहँदैनथ्यो।

तर दुःखको कुरा यो बजार स्मार्टफोनको आगमनले निलिदियो। विशुद्ध क्यामराको बजार सन् २०१० देखि २०१८ सम्मा ८४ प्रतिशतले घटेको छ।

‘ओलम्पस मलाई लाग्छ चिन्ताग्रस्त कम्पनी बनेको छ’, अथर्टन भन्छन्, ‘केही वर्षयता गलत बाटोमा छ, धेरै गलत निर्णय लिँदा अप्ठ्यारो अवस्थामा पुगेको छ।’

सन् २०११ कम्पनीका वरिष्ठ कार्यकारीहरु संलग्न ठूलो वित्तीय लफडामा परेको थियो। कम्पनीले अहिले क्यामरा पार्टको व्यवसाय मात्रको लागि सम्झौता गर्ने बाटो खोजिरहेको छ। जसका कारण जुइको लेन्सजस्ता आफ्नो ब्रान्डहरु अर्को कम्पनी जापान इन्डस्ट्रियल पार्टनरले नयाँ उत्पादनमा प्रयोग गर्न सकोस्।

एउटा वक्तव्यमा कम्पनीले अहिलेसम्म एउटा व्यवसाय रहेको बताउँदै भनेको छ, ‘ब्रान्डको विरासत संरक्षण गर्नु राम्रो कदम हुनेमा हामी विश्वस्त छौँ।’

यसका बाबजुद ओलम्पस कर्पोरेसन भने निरन्तर अगाडि बढ्ने नै छ। कम्पनीले माइक्रोस्कोप बनाउन कहिल्यै छोडेन। बरु आफ्नो अप्टिकल प्रविधिलाई वैज्ञानिक र मेडिकल सामग्री इन्डेस्कोपतिर रुपान्तरण गरेको छ। बीबीसीबाट अनुदित।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad