लन्डनको इम्पेरियल कलेजमा ३०० जनालाई यो परीक्षण खोप लगाउने तयारी भइरहेको बीबीसीले जनाएको छ।
खोप परीक्षणको नेतृत्व उक्त कलेजका प्राध्यायपक रोबिन साट्टोकले गरिरहेका छन्।
यो खोप यसअघि जनावरमा गर्दा सफल भएको र यसले भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत पुर्याएको पाइएको वैज्ञानिकले बताएका छन्।
यसैबीच बेलायतकै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका खोप मानवमा परीक्षण गर्न तयार भएको छ।
बुधबारदेखि अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप मानवमा परीक्षण गर्न सुरु भएको जनाइएको छ।
हाल विश्वविद्यालयले बनाएको खोप अफ्रिकामा परीक्षण भइरहेको छ। अफ्रिकाका १८ देखि ६५ वर्षका दुई हजार मानिसमा यस खोप परीक्षण हुने जनाइएको छ।
यी खोप लगाइने मानिसहरुलाई १२ महिना निगरानी गरिनेछ र त्यसपछि खोपको प्रभावकारीताबारे पत्ता लाग्ने बताइएको छ।
ब्राजिलले पनि अक्सफोर्डले बनाएको खोप परीक्षण गर्ने जनाएको छ।
बीबीसीका अनुसार सबै गरेर अहिले विश्वभर १ सय २० वटा खोप विकास भइरहेका छन्।

प्रतिक्रिया