समाज


पाल्पामा एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखबर
असार ११, २०७७ बिहिबार ५:३७,

पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार पाल्पाका ९३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएकाे हाे। पाल्पा स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार उनीहरु पाल्पाकाे निस्दी गाउँपालिकामा हुन्। यस्तै पाल्पाकै पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा १ जनामा पनि बिहीबारै कोरोना संक्रमण पुष्टिकाे रिपाेर्ट प्राप्त भएका हुन्।

निस्दीका बाहेक अन्यकाे स्बावचाहिँ प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षण भएकाे हाे।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको र तीमध्ये एक जनाको मृत्यु भएको त्यहाँकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad