समाज


विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक, ५१ लाख भन्दा धेरै निको भए

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक, ५१ लाख भन्दा धेरै निको भए

नेपालखबर
असार ११, २०७७ बिहिबार ०:१२,

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुगेको छ।

वल्र्डओमिटरका अनुसार संक्रमितको संख्या विश्वभर ९५ लाख १४ हजार नौ सय ६४ पुगेको छ। यो तथ्यांक बिहीबार बिहान साढे पाँच बजेसम्मको हो।

संक्रमितमध्ये अहिलेसम्म ५१ लाख ६२ हजार सात सय ९२ जना उपचारपछि निको भएका छन्। अहिले ३८ लाख ६४ हजार दुई सय ९२ जना मात्रै उपचारको क्रममा छन्। त्यसमध्ये ५८ हजार चार सय ११ जना संक्रमितको अवस्था मात्रै गम्भीर छ। बाँकी संक्रमितको अवस्था सामान्य छ।

गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ६७ हजार आठ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ८३ हजार आठ सय ७८ पुगेको छ। गएको २४ घण्टामा विश्वभर चार हजार नौ सय ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

 पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय तीन जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी मेक्सिकोमा सात सय ९३, अमेरिकामा सात सय ७४, भारतमा चार सय २४, चिलीमा दुई सय २६, रुसमा एक सय ५४, बेलायतमा एक सय ५४, पेरुमा एक सय ८२, इरानमा एक सय ३३, दक्षिण अफ्रिकामा एक सय तीन जनाले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad