ad ad

समाज


रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो

रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो

नेपालखबर
असार १०, २०७७ बुधबार ११:७,

भारतबाट अमेरिका जाने र अमेरिकाबाट भारत फर्कने दुवै फ्लाइटमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियाले यात्रुमाथि भेदभाव गरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।

कोरोना भाइरस प्रकोपबीच हाल अमेरिकामा कयौं भारतीय नागरिकहरु फसेका छन्। उनीहरुलाई उद्धार गर्नका लागि भारतले एयर इन्डियाको विमान पठाउने गरेको छ।

तर एयर इन्डियाले आफ्ना नागरिकको टिकटको पैसा लिएको थाहा पाएपछि अमेरिकाको ट्रान्सपोर्टेसन विभागले एयर इन्डियाले रेस्क्यू फ्लाइट नगराएको बताएको छ।

विभागले विमान उडानको सुविधामा तत्कालको लागि प्रतिबन्ध लगाएपछि पनि एयर इन्डियाले प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .