समाज


‘फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर’

‘फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर’

नेपालखबर
असार १०, २०७७ बुधबार ९:३८,

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि रु पौने दुई अर्बको बजेट प्रस्तुत गरेको छ। उपमहानगरपालिकाको सातौँ नगरसभामा आज उपप्रमुख सीता सिग्देलले रु एक अर्ब ८५ करोड २२ लाख ९३ हजारको बजेट प्रस्तुत गरिन्।

उपमहानगरले चालुतर्फ रु एक अर्ब आठ करोड ५७ लाख २२ हजार अर्थात् ५८ दशमलव ६० प्रतिशत र पूँजीगततर्फ रु ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१ दशमलव ४० प्रतिशत बजेट विनियोजन गरेको छ।

उपमहानगरले १९ वडालाई रु ९० लाख विकास बजेट र रु १० लाख वडा कार्यालय व्यवस्थापनमा बजेट छुट्याएको छ। ‘फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर’ भन्ने भावना जागृत गराउँदै सरसफाइतर्फ रु ५९ लाख ५० हजार, विपन्न वर्गको विकासका लागि रु ७८ लाख, कानूनी सहायता कोषका लागि रु ११ लाख ३० हजार विनियोजन गरिएको छ।

महिला, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, लोपोन्मुख जनजाति र मुसलमान महिलाको सशक्तीकरणका लागि रु ७६ लाख ३८ हजार बजेट विनियोजन भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad