अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ।
पाणिनि-४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जांँदै गर्दा उनलाई स्थानीय जुकेखोलाले बगाएको थियो।
प्रतिक्रिया