ad ad

समाज


नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकाकाे संख्या २३ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकाकाे संख्या २३ पुग्यो

नेपालखबर
असार ७, २०७७ आइतबार ३:१०,

नेपालमा कोरोनाबाट मृत्यु भएका व्यक्तिकाे संख्या २३ पुगेको छ। गुल्मीमा होम क्वारेन्टिनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि मृतककाे कूल संख्यामा १ थपिएकाे हाे। 

यसअघि २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज (आइतबार) बिहान दिएको जानकारीअनुसार ती व्यक्तिको मृत्यु होम क्वारेन्टिनमै रहेका बेला बिहीबार साँझ भएको थियो।

‘त्यसपछि उनकाे स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालकाे प्रयोगशाला पठाइएकामा हिजो (शनिबार) दिउँसो रिपोर्ट कोरोना पोजिटिभ आयो,’ नेपालखबरसँग उनले भने। सम्भवत: स्वास्थ्य मन्त्रालयले यसकाे औपचारिक जानकारी आज दिनेछ। 

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसका दीर्घरोगी थिए। उनी भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए।

‘ठ्याक्कै दिन त अहिले याद भएन, तर होमक्वारेन्टिनमा बसेको त्यस्तै ८–१० दिनमा उनको मृत्यु भएको हो,’ उनले भने, ‘उतै संक्रमण भएको थियो कि? अहिले उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं।’

नेपालमा कोरोनाबाट साढे ८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तर तीमध्ये १ हजार ५ सय ७८ निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .