समाज


भारतमा एकदिनमै अहिलेसम्मकै बढी साढे १४ हजार जनामा कोरोना पुष्टि

भारतमा एकदिनमै अहिलेसम्मकै बढी साढे १४ हजार जनामा कोरोना पुष्टि

नेपालखबर
असार ६, २०७७ शनिबार १४:३६,

भारतमा एकै दिनमा अर्थात् गत २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीले जानकारी दिएका छन्।

शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या ४ लाखनजिक पुगेको छ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म ३ लाख ९६ हजार १ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ।

भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख १४ हजार २ सय ९ छ। यहाँ अझै उपचाररत १ लाख ६८ हजार २६९ रहेको बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad