आज (शनिबार) थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा २८२ पुरुष र ४९ महिला छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डोटीमा ६१ कोरोना संक्रमित थपिएका छन्। यस्तै नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८–१८ तथा पाल्पा र रूपन्देहीमा १७–१७ संक्रमित थपिएका छन्।
यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा ९, धादिङ, प्युठान र मोरङमा ८–८, बर्दिया, रौतहट र भक्तपुरमा ७–७, बारा र दाङमा ४–४, रामेछापमा ३, सुनसरीमा २, काठमाडौं, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा १–१ थपिएका छन्।
कोरोना संक्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुई सयभन्द बढी संक्रमित हुने जिल्लाको संख्या ५ र १०० भन्दा बढी संक्रमित हुने जिल्लाको संख्या १६ पुगेको छ।
कूल ७७ मध्ये ७४ जिल्लामा संक्रमण फैलिएको छ। रसुवा, ओखलढुंगा र मुस्ताङमा अहिलेसम्म संक्रमण देखिएको छैन।

प्रतिक्रिया