समाज


भरतपुरबाट मेघौली जाने वैकल्पिक सहायक राजमार्ग तयार

भरतपुरबाट मेघौली जाने वैकल्पिक सहायक राजमार्ग तयार

नेपालखबर
असार ६, २०७७ शनिबार ७:१,

 चितवन जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग निर्माण भएको छ।

भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक विभाग अन्तर्गत आउने छ।

सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजनामार्फत् सडकको काम गर्न यसले सहज वनाउने भएको छ।

उनका अनुसार सो सडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ। आगामी वर्षका लागि रु। तीन करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिए।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर छ। विगतका वर्षमा पटकपटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्र पर्दछ। महानगरको सबैभन्दा लामो सडक यही हो। महानगर प्रमुख रेनु दाहालले महानगर र चितवन–३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरिदिन आग्रह गरिएको बताइन्।

प्रमुख दाहालले अव उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताइन्। पश्चिम चितवनका जनताका लागि महत्वपूर्ण यस सडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको महत्व धेरै भएको दाहालको भनाइ थियो। सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उनले आफ्नो आग्रहलाई मन्त्रालय र विभागले स्वीकारेको बताइन्।

जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उनले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहने बताइन्। सडकको अन्तिम विन्दु गोलाघाट राप्ती र नारायणी नदीको मिलनविन्दु हो। जहाँ सूर्यास्तसँगै वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad