सनराइज बैंकले कोरोनाबाट प्रभावित विद्याआश्रमलाई नगदसहित विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ।
कोरोनाबाट विश्व नै प्रभावित बनेका बेला बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको हो।
शनिबार बुढानिलकण्ठ नगरपालिकामा रहेको आश्रममा पुगेर बैंकले चामल, दाल, तेल र पिठो सहयोग गरेको हो।
यस्तै उक्त विद्याश्रमलाई बैंकले नगद सहयोग पनि गरेको छ। २ लाख २५ हजार रुपैयाँको चेक बैंकले आश्रमलाई हस्तान्तरण गरेको हो।

प्रतिक्रिया