समाज


ब्राजिलमा एकैदिनमा ५४ हजार कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दश लाख नाघ्यो

ब्राजिलमा एकैदिनमा ५४ हजार कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दश लाख नाघ्यो

नेपालखबर
असार ६, २०७७ शनिबार ६:१४,

यससँगै त्यहाँ संक्रमितको संख्या दश लाखभन्दा बढी पुगेको छ। कोरोना संक्रमतको संख्या दश लाख पुग्ने ब्राजिल दोस्रो मुलुक हो।

अमेरिकामा यसअघि नै दश लाख कोरोनाबाट संक्रमित बनेका थिए। हाल अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाखभन्दा बढी पुगिसकेको छ।

ब्राजिलमा हाल १० लाख ३८ हजार कोरोना संक्रमित छन् त्यहाँ ४९ हजारको मृत्यु भइसकेको छ भने ५ लाख उपचारपछि स्वस्थ बनेका छन्।

बीबीसीका अनुसार चारदिनदेखि ब्राजिलमा हरेक दिन १२०० भन्दा बढीको मृत्यु भएको छ।

परीक्षणको अभाव भएका कारण वास्तविक तथ्याङ्क अझ बढी हुने र प्रकोप अझ पनि उच्च विन्दुमा पुग्न केही हप्ता बाँकी रहेको विज्ञहरूले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले महामारी नयाँ र खतरनाक चरणमा प्रवेश गरेको घोषणा गरेको केही घण्टापछि ब्रजिलको नयाँ तथ्याङ्क सार्वजनिक भएको हो।

ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारोले सङ्कटसँग जुझ्न अपनाएको उपायको तीव्र आलोचना भइरहेको छ।

उनले कोरोना भाइरस सामान्य रोग मात्र भएको बताउने गरेका थिए। उनले आफूले मास्क समेत नलगाउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad