नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौँ थप तीन जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो काठमाडौँका तीन जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
प्रवक्ता गौतमका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ पुरुष र १ महिला गरी ३ जनामा कोरोना पुष्टि भएको बताए।
शुक्रबार योसँगै देशभर गरेर ४२६ जनामा संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ४२६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन्।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले बताए। उनले पछिल्लो २४ घण्टामा कुनै पनि मृत्यु नभएको बताए।
प्रतिक्रिया