समाज


सक्रिय बन्यो मनसुन, नेपालनजिकै निम्न चापीय प्रणाली

सक्रिय बन्यो मनसुन, नेपालनजिकै निम्न चापीय प्रणाली

नेपालखबर
असार ५, २०७७ शुक्रबार १:२२,

जुन १२ तारिख नेपाल भित्रिएको मनसुन अहिले सक्रिय बनेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनअन्तर्गत अहिले भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय प्रणाली बनेको छ। जुन नेपालनजिकै पर्छ।

यसैकारण नेपालमा मौसम बदली अझ तीव्र बन्दै गएको उनको भनाइ छ।

उनका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ। साथै प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का एक-दुई स्थानमा भारी (ठूलो) वर्षा हुने सम्भावना छ।

अहिले (शुक्रबार बिहान) पनि देशका केही स्थानमा वर्षा भइरहेको हुन सक्ने मौसमविद् प्रधानांगले बताए।

काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। हिजो (बिहीबार) काठमाडौं उपत्यकामा २३ मिलिमिटर वर्षा भएको मौसमविद् प्रधानांगले जानकारी दिए। देशका अन्य स्थानमा भएका वर्षाको तथ्यांक भने बिहान पौने ८ बजे मात्र आइपुग्ने पनि उनले जानकारी दिए।

आगामी तीन दिन (आइतबारसम्म) वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad