ad ad

समाज


सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी

नेपालखबर
असार ४, २०७७ बिहिबार ८:०,

सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले चार राष्ट्रलाई छनौट गरेको हो।

एकसय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका थिए। राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी र अस्थायी गरी कूल १५ राष्ट्र सदस्य हुन्छन्।

राष्ट्रसंघमा पाँच मुलुकहरु संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र रहेका छन् भने बाँकी १० अस्थायी सदस्यहरु निर्वाचनबाट छनौट हुने व्यवस्था छ।

राष्ट्रसंघ सुरक्षा परिषदमा विजयी भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि टि एस तिरुमुर्तीले राष्ट्रसंघको सुरक्षा परिषदमा भारत निर्वाचित भएकामा गौरवको अनुभूति भएको बताएका छन्।

कोरोनाभाइरस महामारीलाई ध्यान दिएर राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा आयरल्यान्डले १२८ मत पाएको थियो भने केन्याले ११३ मत पाएको थियो। नर्वे पनि युरोपेली समूहबाट निर्वाचित भएको छ।

तर, राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा चुनाव लडेको क्यानाडा भने पराजित भएको छ। क्यानाडाले आवश्यक दुई तिहाई मत प्राप्त गर्न असफल भएको थियो।

क्यानाडेली संचार माध्यमहरुका अनुसार उत्तर अमेरिकी मुलुक क्यानाडाले १०८ मत मात्र प्राप्त गरेको थियो। यो सहित क्यानाडा लगातार दोस्रो पटक पराजित भएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .