ad ad

समाज


कोरोना उपचारः डब्लूएचओले फेरि लगायो मलेरियाको औषधिमा प्रतिबन्ध, डेक्सामेथासोनप्रति सकारात्मक 

कोरोना उपचारः डब्लूएचओले फेरि लगायो मलेरियाको औषधिमा प्रतिबन्ध, डेक्सामेथासोनप्रति सकारात्मक 

नेपालखबर
असार ४, २०७७ बिहिबार ३:५,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि प्रयोग गर्न पुनः रोक लगाएको छ।

केही दिनअघि मात्र कोरोना संक्रमितमा मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन परीक्षण खुला गरेको डब्लूएचओले फेरि यसमा प्रतिबन्ध लगाएको हो।

केही समयअघि द लानसेट जर्नलमा प्रकाशित अनुसान्धान प्रतिवेदनमा कोरोना भाइरसबाट संक्रमित बिरामीलाई यो औषधि खुवाउँदा झन् उल्टै मृत्युको जोखिम बढाएको प्रतिवेदन सार्वजनिक गरेपछि डब्लूएचओले यसमा रोक लगाएको थियो।

तर लानसेटले आफ्नो अनुसन्धानमा केही तथ्य तलमाथि पर्न गएको भन्दै प्रतिवेदन फिर्ता लिएपछि डब्लूएचओले कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण पुनः खुला गरेको थियो।

तर यसपछि विभिन्न देशमा गरिएका परीक्षणमा यो औषधिले कोरोना संक्रमितलाई कुनै फाइदा नपुगेको देखिएको भन्दै डब्लूएचओले फेरि यसमा रोक लगाएको हो।

यसअघि सोमबार अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचीबाट हटाउँदै पछिल्ला प्रमाणले यो औषधिले काम गरेको नदेखाएको जनाएको थियो।

त्यसको २ दिनपछि डब्लूएचओले यो औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न निर्देशन दिएको हो।

बरु डेक्सामेथासोन औषधिले चाहिँ कोरोनाका गम्भीर बिरामीलाई निकै फाइदा पुर्‍याएकाे पाइएको डब्लूएचओले बताएको छ। 

याे पनि: डब्लूएचओले भन्योः कोरोनाका बिरामी बचाउन सफल भनिएको औषधिबारे हामी पनि अनुसन्धान गर्छाैं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .