गण्डकी प्रदेशमा गप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पहिलोपटक मनाङ जिल्लामा पनि कोरोना संक्रमित फेला परेका छन्।
गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ। संक्रमित महिला गोरखा जिल्लाकी हुन्।
योसँगै गण्डकीमा पदेशमा संक्रमितको संख्या दुई सय ८९ पुगेको प्रदेशको स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता विनोदबिन्दु शर्माले जानकारी दिए।
मनाङमा फेला परेका संक्रमित कपिलवस्तु घर भएका सरकारी कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिहीबार संक्रमण पुष्टि हुनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखाका ११ जना, तनहुँका १२ जना र मनाङका एक जना रहेका शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :
प्रतिक्रिया