समाज


कैलालीमा कोरोना संक्रमणबाट एकको मृत्यु

कैलालीमा कोरोना संक्रमणबाट एकको मृत्यु

नेपालखबर
असार ३, २०७७ बुधबार १६:१३,

कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका –४ का ४६ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि नवजीवन अस्पतालको आइसोलेशन वार्डमा उपचार हुँदा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनको आइसीयुूमा राखेर उपचार भइरहेकामा आज साँझ मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

उनको गए रातिदेखि नै स्वास्थ्यावस्था बिग्रिएदेखि नै उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि उपलब्ध हुन सकेको थिएन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .