बाँकेमा कोरोना संक्रमणको कारण एक महिलाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो।
उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो। मंगलबार बिहान मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँकेको नरैनापुर गाउँपालिका ५ का २५ वर्षका एक युवाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। भारतबाट आएका ती युवमा मृत्युपछि मात्रै संक्रमण पुष्टि भएको थियो।
बाँकेमा थप एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ। मंगलबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।
प्रतिक्रिया