ad ad

समाज


पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

नेपालखबर
असार २, २०७७ मंगलबार १३:२,

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले काम गर्ने वातारण नभएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

सोमबर उपलब्ध पदाधिकारी तथा सदस्यहरुसहितको केन्द्रीय समितिको बैठकले पछिलो समय विभिन्न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेका भन्दै त्यसविरुद्ध सशक्त आन्दोलनमा जाने निर्णय गरेको महासंघले जनाएको छ।

महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको छ।

एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने स्पष्ट पारिएको छ।

महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थासँग आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .