समाज


एपीएफ टोलीद्वारा लाखौंको अवैध सामान बरामद

एपीएफ टोलीद्वारा लाखौंको अवैध सामान बरामद

नेपालखबर
असार २, २०७७ मंगलबार १२:५०,

सशस्त्र प्रहरीले रुपन्देहीको रोहिणी गाउँपालिका ७ मनहरा पुलबाट करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको उल्लेखित मूल्य बराबरको २७ बोरा छोकडा र १० वटा साइकल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेका हो। एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय सुनौलीमा बुझाएको छ।

यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा र तीन वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुूल्य बराबरको मोवाइलमा प्रयोग हुने सामान, लत्ताकपडा र आल्मोनियमको तार एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलकाबाट बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad