विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार नाघेको छ।
वल्र्डओमिटरको आज (सोमबार) बिहान ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणको कारण चार लाख ३५ हजार एक सय १६ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण तीन हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म संक्रमितको संख्या ७९ लाख ८२ हजार नौ सय १२ पुगेको छ। गएको २४ घण्टामा विश्वभर एक लाख २२ हजार तीन सय ८८ जना नयाँ संक्रमित थपिएका छन्।
गएको २४ घण्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन्। त्यहाँ १९ हजार नौ सय २० जनामा संक्रमण देखिएको छ। अमेरिकापछि ब्राजिलमा १७ हजार भन्दा धेरै र भारतमा ११ हजार तीन सय ८२ जनामा संक्रमण देखिएको छ।
योसँगै भारतमा संक्रमितको संख्या तीन लाख ३३ हजार आठ पुगेको छ। भारतमा अहिलेसम्म संक्रमणको कारण नौ हजार पाँच सय २० जनाले ज्यान गुमाएका छन्। त्यहाँ आइतबार तीन सय २१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।
प्रतिक्रिया