समाज


एपीएफ टोलीद्वारा लाखौं रुपैयाँको अवैध सामान बरामद

एपीएफ टोलीद्वारा लाखौं रुपैयाँको अवैध सामान बरामद

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १२:५८,

सशस्त्र प्रहरी टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट करीव ९ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल पार्टस् बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोबाइल पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद पार्टस् भन्सार कार्यालय काकँडभिट्टामा बुझाएको छ।

यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ६ दुर्गौलियाबाट एपीएफ टोलीले करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाँबाट सशस्त्र प्रहरी नायव निरीक्षक भैरव कणेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad