ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, १३ हजार पीसीआर रिपोर्ट आउन बाँकी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, १३ हजार पीसीआर रिपोर्ट आउन बाँकी

शैलेन्द्र महतो
जेठ ३२, २०७७ आइतबार ११:६,

प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा एक सय १० जना कोरोना संक्रमित थपिएसँगै आइतबार प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १४ पुगेको छ ।

आइतबार रौतहटमा ७४ जना, पर्सामा १७ जना, बारामा १२ जना, सर्लाहीमा ६ जना र धनुषाका १ जनामा कोररोना संक्रमति थपिएको प्रदेश २ का सामजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

संक्रमित हुनेमा ५ जना महिला र १०५ जना पुरुष छन्।

हालसम्म प्रदेश २ मा ३२ हजार २ सय ७ जनाको स्वाब संकलन गरिएको छ । जसमा २ हजार १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १७ हजार १२५ को रिपोर्ट निगेटिभ आएको सचिव घिमिरेले बताए। उनका अनुसार १३ हजार ६८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ।

यसैगरी प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ महिला र २४ जना पुरुष उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन्। जसमा धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको बीपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना पुरुष, महोत्तरीको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट १ जना पुरुष र सर्लाही जिल्ला अस्पतालअन्तर्गत अल्पामाई रामनारायण यादव नर्सिङ कलेजको आइसोलेसन कक्षबाट १ महिला र १४ पुरुषगरी कुल २५ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .