ad ad

समाज


एक वृद्धको कोभिड–१९ उपचार खर्चः १४ करोड रुपैयाँ

एक वृद्धको कोभिड–१९ उपचार खर्चः १४ करोड रुपैयाँ

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १०:५६,

तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोभिड–१९ को उपचार गराएबापत ११ लाख डलर ‘झन्डै १४ करोड रुपैयाँ’ को बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ।

समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोभिड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो।

एक पटक उनको अवस्था अति नाजूक भएको थियो। अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए।

तर भाग्यको खे । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए। अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर ‘करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ’को थियो।

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो।

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन। अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ।

मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन्। सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन्।

उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .