गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहानै विज्ञप्ति प्रकाशन गरेर नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जाकारी दिएको हो।
संक्रमितलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ भने देशभर यसको कूल संख्या ५ हजार ४ सय १ भएको छ।

प्रतिक्रिया