समाज


कपिलवस्तुमा छुट्छाछुट्टै स्थानमा दुई शव भेटिए

कपिलवस्तुमा छुट्छाछुट्टै स्थानमा दुई शव भेटिए

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १३:४५,

कपिलवस्तुमा छुट्टाछुटै स्थानमा दुई शव फेला परेका छन्।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएकोे जनाइएको छ।

त्यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ। सो शव एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको रहेको र सोही स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

श्रीमान् १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगकी शिकार भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .