पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ। नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।
जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा बाराका एक ५ वर्षे बालक तथा वीरगञ्जमा भेटिएको एक वेवारिसे शवको हो।
वीरगञ्जमा जेठ २८ गते वेवारिसे रुपमा फेला परेको र उक्त शवको नारायणी अस्पतालमा स्वाव परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो।
यो पनि: असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण गरिन्छ: स्वास्थ्य मन्त्रालय
यो पनि: नारा लगाउँदा कोरोना भाइरस धेरै निस्कने भएकाले खतरा हुनसक्छ

प्रतिक्रिया