प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार प्रदेश २ मा ९ महिला र १९५ पुरुष गरी २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सबभन्दा बढी रौतहटमा ८६ जना र सर्लाहीमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिस्ठ अधिकृत विजय झाले जानकारी दिए।
यस्तै सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरी जिल्लामा १६ जना, बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया