मोटरसाइकलमा दुई जना चढ्न नपाउने सरकारको निर्णयको सवैतिर बिरोध भइरहेका बेला सुरक्षा प्रमुखहरुले पनि त्यो नियम हटाउन गृह मन्त्रीलाई सुझाव दिएका छन्।
गृह मन्त्रालयमा शुक्रबार अपरान्ह भएको बैठकमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका तीनै जना प्रमुखले मोटरसाइकलमा दुई जनालाई चढ्न नदिने नियम हटाउन सुझाएका हुन्।
‘तीनै जना सुरक्षा प्रमुखहरुको धारणा सुनेपछि गृह मन्त्रीले सो नियम हटाउने प्रस्ताव कोरोना रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी उच्चस्तरीय समितिमा लैजाने बताउनु भएको छ,’ गृह स्रोतले नेपालखबरसँग भन्यो।
मोटरसाइकलमा एक जना र निजी गाडीमा चालकबाहेक अन्य दुई जनामात्र सवार हुन पाउने नियम उच्चस्तरीय समिति र मन्त्रिपरिषदबाट गरिएको हुँदा त्यसलाई हटाउन आफूले प्रस्ताव गर्ने मन्त्रीले सुरक्षाप्रमुखलाई बताएका थिए।

प्रतिक्रिया