समाज


नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, एकैदिन ४४८ जना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, एकैदिन ४४८ जना संक्रमित

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १०:३९,

पछिल्लो २४ घण्टामा नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले थप ४४८ जनामा कोरोना पुष्टि भएको बताए। संक्रमितमध्ये ४२४ पुरुष र २४ महिला रहेका छन्।

यो एकैदिन परीक्षण गर्दा देखिएका संक्रमितमध्येको उच्च संख्या हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

संक्रमितमध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ रहेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै निको भएर घर फर्कनेको संख्या ८७७ रहेको छ। जसमा ७८६ पुरुष र ९१ जना महाला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ को आरटीपीसीआर विधिबाट परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ जनाको परीक्षण गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad