समाज


नेपालगञ्जमा बाढीसँगै चोरको बिगबिगी, एकै रातमा ९ पसलमा चोरी

नेपालगञ्जमा बाढीसँगै चोरको बिगबिगी, एकै रातमा ९ पसलमा चोरी

नेपालखबर
असार २९, २०७६ आइतबार ६:२,

अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ। प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

उनका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्जकार्ड चोरी भएको खुल्न आएको छ। ‘के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ’, उनले भने, ‘चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ।’

दुई÷दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ। जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन्। शहरमा चोरीका घटना बढेपछि शनिबार साँझ मात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए। गए राति एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष चिरञ्जीवी वलीले बताए।

एसोसिएसनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, बीपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ। सीसीटीभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad