समाज


कोरोना विश्व अपडेट : उपचारमा रहेका भन्दा निको हुनेको हुनेको संख्या धेरै, यस्तो छ पछिल्लो तथ्यांक

कोरोना विश्व अपडेट : उपचारमा रहेका भन्दा निको हुनेको हुनेको संख्या धेरै, यस्तो छ पछिल्लो तथ्यांक

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ३:१६,

विश्वभर उपचारको क्रममा रहेका कोरोना संक्रमित भन्दा उपचारपछि निको हुनेको संख्या धेरै छ।

बिहीबार बिहान पाने नौ बजेसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७४ लाख ५२ हजार आठ सय नौ पुगेको छ। जसमध्ये ३७ लाख भन्दा धेरै उपचारपछि निको भएर घर फर्किसकेका छन्।

वल्र्डओमिटरका अनुसार अहिलेसम्म संक्रमितमध्ये ३७ लाख ४९ हजार आठ सय ८६ जना उपचारपछि निको भएका छन्। अहिले ३२ लाख ८४ हजार चार जना उपचारको क्रममा छन्।

उपचारमा रहेकामध्ये पनि गम्भीर अवस्थाका संक्रमित बिरामीको संख्या ५३ हजार आठ सय १५ मात्रै छ।

गएको २४ घण्टामा विश्वभर गरेर एक लाख ३३ हजार २५ जनामा संक्रमण देखिएको छ। यसबीचमा संक्रमणको कारण पाँच हजार एक सय ५१ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर मृतकको संख्या चार लाख १८ हजार एक सय २३ पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा एक हजार तीन सयले ज्यान गुमाएका छन् भने अमेरिकामा नौ सय ७८ जनाले ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः मेक्सिको, भारत, बेलायत र रुसमा धेरैको मृत्यु भएको छ।

यसबीचमा मेक्सिकोमा पाँच सय ९६, भारतमा तीन सय ८८, बेलायतमा दुई सय ४५ र रुसमा दुई सय १६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad